भेट्रान्स टेबुलटेनिस प्रतियोगितामा मन्त्रीदेखि विद्यार्थीसम्म, संघलाई दुई थान वोर्ड हस्तान्तरण

0
484

 

 

पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा     प्रथम गण्डकी प्रदेश भेट्रान्स टेबुलटेनिस प्रतियोगिता भएको  छ । गण्डकी प्रदेशका  युवा तथा खेलकुद मन्त्री  राजिब गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका अध्यक्ष तेजबहादुर गुरुङ, उपाध्यक्ष ध्वजकुमार गुरुङ, विद्यार्थीहरु प्रतियोगितामा भाग लिएका थिए।

सोही कार्यक्रममा मन्त्री  गुरुङले कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीलाई दुई थान टेबुलटेनिस बोर्ड हस्तान्तरण  गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले खेलकुद प्रतिको लगाव सानै देखि भएकोले आफुले खेलकुदमा आमुल परिवर्तन गर्न खेलाडि तथा खेलकुदका संघहरुलाई आफ्नो तर्फबाट सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

संघका अध्यक्ष उत्तम जोशीले खेलकुद मन्त्री  गुरुङले टेबुलटेनिस खेलको बिकासमा ठुलो टेवा पुग्ने बताउदै संघले खेलाडीलाई नियमित प्रशिक्षण प्रदान गर्न साधन श्रोतको अभाव नहुने बताए ।

विहिबार भएको ४० प्लस मेन्स सिङल खेलको फाइनलमा चन्दन शाही र विकेन थापा, ५० प्लस मेन्स सिङलमा राजेन्द्र वज्राचार्य र रन्जन सुब्बा र ५० प्लस मिक्स डबल्समा रन्जन सुब्बा र सुजाता पौडेल तथा राजेन्द्र वज्राचार्य र पार्वती श्रेष्ठको टिम फाइनलमा गएको छ । फाइनल खेल पौष २३ गते पोखरा रंगशालाको टेबुलटेनिस हलमा हुने आयोजकले वताएका छन् ।

कास्कीको तर्फबाट सहभागी  मन्त्री  गुरुङलाई ललितपुरका रन्जन सुब्बाले सोझो सेटमा ४–१ को अन्तरले हराएका थिए ।
खेलकुद बिकास समिति कास्की र पोखरा महानगरको सहयोग तथा कास्की जिल्ला टेबुलटेनिस संघको ब्यबस्थापनमा भएको प्रतियोगितामा को उद्घाटन सत्रमा कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तोरण वानियाँ, पोखरा महानगर खेलकुद बिकास समितिका अध्यक्ष दिपक गोदारले गण्डकी प्रदेशको समग्र खेलको बिकासमा  युवा तथा खेलकुद मन्त्री  गुरुङको योगदान अतुलनीय रहेकोे बताए ।

कार्यक्रम संयोजक तथा प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले गरेका थिए ।