पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना संक्रमण पुष्टि

२४ पुष २०७८, शनिबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

१३ हजार २६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर  ६९६ तथा एन्टिजेन विधिबाट २४८ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

 

मन्त्रालयका अनुसार कोरोनाबाट  देशभर २९६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हाल ११३ जना क्वारेन्टाइनमा  रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ६१४० जना रहेका छन् ।

 

मन्त्रालयले  जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिइएको  छ।

Leave a Reply