मानवीय सहायता सामग्री लिएर नेपाली टोली काबुल प्रस्थान

२ माघ २०७८, आईतवार

 

काठमाडौं । मानविय संकटबाट गुज्रिरहेको दक्षिण एसीयाली मुलुक अफगानिस्तानका लागि सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको छ ।

 

हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित टोली काबुल प्रस्थान गरेको हो ।औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री नेपालले सहगोग गरेको हो ।

 

परराष्ट्रमन्त्री डा नारायण खड्काले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को सदस्य राष्ट्रको नाताले अफ्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेजारी ठानेर सहयोग सामग्री पठाउन लागेको जानकारी दिए ।

 

संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किनेछ ।ती सामग्रीहरु अफगानिस्तानसम्म पुर्‍याउन हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान उपलब्ध गराएको  हो ।

 

Leave a Reply