कर्मचारीमा कोरोना संक्रमण देखिँदै गएपछि पोखरा महानगरका अत्यावश्यकबाहेकका सेवा बन्द 

0
275

 

पोखरा । कर्मचारीमा कोरोना संक्रमण देखिँदै गएपछि पोखरा महानगरले अत्यावश्यकबाहेकका सेवा माघ १६ गतेसम्मका लागि बन्द गरेको छ।

कर्मचारीहरुमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिँदै गएपछि थप जोखिम बढ्न सक्ने भन्दै सरसफाई, स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेकका नियमित सेवा स्थगन गरिएको महानगरले बुधबार एक सूचना जारी गरी  जानकारी दिएको हो ।

यसअघि नै जिल्ला प्रशासन कार्यालय कास्कीले कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चित कालका लागि बन्द गरिसकेको छ ।