राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा, भोलि बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान

११ माघ २०७८, मंगलवार

 

 

काठमाडौं । भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ।

 

आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको जनाएको छ ।

 

सातवटा प्रदेशमा दुई हजार २५ जना मतदाता छन्। भोलिको चुनावमा पाँच सय ३२ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ जना पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ।

 

Leave a Reply