सहिदको सपना साकार पार्न राजनीतिक सहमति जरुरी ः मुख्यमन्त्री पोखरेल

१६ माघ २०७८, आईतवार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरोलले लामो संघर्षपछि संविधानसभामार्फत् बनेको संविधान र त्यसपछि बनेको ३ तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि आपसी सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको बताएका छन् । सहिद दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले सहिदको बलिदानीले प्राप्त राजनीतिक उपलब्धिपछि अबको साझा लक्ष्य आर्थिक समृद्धि रहेको उल्लेख गरेका छन् ।
उनले देश जनताका लागि जीवन अर्पण गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गगर्दै १ सय ४ वर्षीय जहानीया राणा शासन विरोधी आन्दोलनमा जीवन अर्पण गर्ने ४ सहित विभिन्न कालखण्डमा भएका आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुका कारण नै अहिले हामीलाई यो राजनीतिक उपलब्धि हासिल भएको बताएका छन् । उनले भनेका छन्, ‘उहाँहरु सदा सर्वदा हाम्रो स्मरणमा रहनुहुनेछ । सहिदकै साहसिक कार्य र बलिदानको परिणामस्वरुप लोकतान्त्रिक वातावरणमा हामी निर्धक्क भएर आफ्ना हक अधिकार प्रयोग गर्न पाएका छौं ।’
सहिदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नु अहिलेको सबैभन्दा ठूलो र महत्वपूर्ण जिम्मेवारी हो रहेको उनको भनाइ छ । सन्देशमा उल्लेख छ, उनले देशमा स्वच्छ राजनीतिक संस्कारको विकास तथा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने सोचसहित अघि बढ्नु नै सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने विषयलाई सबै राजनीतिक दलले राख्न जरुरी रहेको उल्लेख गरेका छन् । महान् सहिदहरुको त्याग र बलिदानको कदरका लागि प्रदेश सरकार सदा प्रतिबद्ध रहेको समेत जनाएका छन् । सन्देशमा उल्ल्ेख छ, ‘यसका लागि सबै राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्पूर्ण नेपाली एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना प्रकट गर्दछु ।’

 

Leave a Reply