बिहेमा जादै गरेको दुलाहा सहितको कार तालचोकमा दुर्घटना

२२ माघ २०७८, शनिबार

 

 

 

 

पोखरा  ।  पोखरा महानगरपालिका २७ तालचोक सडकमा शनिबार बिहान दुई सवारी दुर्घटना भएको छ ।

एकै दिशा तर्फ पोखराबाट जाँदै गरेका ग २ च ८५५२ नं. कार र ग २ च ३११७ नं. को सेतो जीप दुर्घटनामा परेका हो ।

दुलाहा दिपक खत्री चढेको उक्त कारमा दिल्लीराम सुबेदी चालक रहेको ट्राफिक प्रहरी नायव निरीक्षक सुमन निउरेले जानकारी गराए ।

दुर्घटनामा कुनै मानविय क्षती नभएको र दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको डाँडानाक प्रहरी चौकीले जनाएको छ ।

 

 

 

 

 

 

Leave a Reply