राससकर्मी रेग्मीलाई उत्कृष्ट पत्रकारिता पुरस्कार

८ फाल्गुन २०७८, आईतवार

पाल्पा ।   राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता सुशीला रेग्मीलाई रासस पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । राससको ६१ औं बार्षिकोत्सवको अवसरमा पाल्पा (रामपुर) समाचारदाता राससकर्मी रेग्मीलाई पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ ।

 

रासस संचालक समितिको शुक्रबार बसेको बैठकबाट राससकर्मी रेग्मीलाई यस वर्षको लुम्बिनी प्रदेशबाट उत्कृष्ट र सबैभन्दा  धेरै समाचार संप्रेषण गरेबापत कामको उचित मुल्याङ्कन गरी पुरस्कारको सिफारिस गरिएको हो ।

 

कोभिड १९ को संक्रमण सहज बन्दै गएपछि सबैलाई एक समारोहका बीच पुस्कार प्रदान गर्ने कार्यक्रम रहेको राससका प्रधान सम्पादक एकराज पाठकले बताए । राससकर्मी रेग्मीले यसभन्दा अघि राससबाटै दुई पटक उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित भइसकेकी छन् । उनी पाल्पालाई पत्रकारिताको कर्मथलो बनाएर १३ वर्षदेखि पत्रकारिता गर्दै आएकी छन् ।

 

राष्ट्रिय समाचार समिति (रासस) ले ६१ औँ वार्षिकोत्सवका अवसरमा वर्षभरिमा उत्कृष्ट र धेरै समाचार सम्प्रेषण गरेका सातै प्रदेशका स्थानीय समाचारदाता (स्ट्रिङ्गर), फोटो पत्रकार तथा आलेख समाचारदातालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी जनही रु. १५ हजार तथा प्रशंसापत्र रहेको छ ।

Leave a Reply