नेशनल प्याव्सन कास्कीले लोक नृत्य प्रतियोगिता गर्ने

१० फाल्गुन २०७८, मंगलवार

 

पोखरा ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याव्सन) कास्कीले १४ औं लोक नृत्य प्रतियोगिता गर्ने भएको छ ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति, विज्ञान, प्रविधि, तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ ।

नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालय वीच गर्न लागेको उक्त प्रतियोगिता फागुन १४ गते पोखरा सभागृहमा हुने कार्यक्रम संयोजक तथा नेशनल प्याव्सन कास्कीका सदस्य राजु कायस्थले जानकारी दिए ।

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सिमित नगराई व्ययवहारीक ज्ञानसँगै नेपाली मौलिक संस्कृतिको ज्ञान दिने अभिप्रायले यो प्रतियोगिता गर्न लागेको कायस्थले जानकारी दिए ।

प्रतियोगितामा नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालयमध्येबाट ३५ टिमको सहभागिता रहने अतिरिक्त क्रियाकलाप प्रमुख तथा नेशनल प्याव्सन कास्कीका सहकोषाध्यक्ष राजु केसीले जानकारी दिए ।

नेशनल प्याव्सन कास्कीले स्थापना काल देखि नै शैक्षिक विकासका निमित्त विद्यार्थी, शिक्षक र अभिभावकहरुकाबीच विभिन्न शैक्षिक तथा सहक्रियाकलाप गर्दै आएको नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।

Leave a Reply