सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीद्वारा आयोजित स्वास्थ्य शिविरमा हजार बढिले स्वास्थ्य लाभ गराए

२४ फाल्गुन २०७८, मंगलवार

 

पोखरा  । १ सय १२ औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला समन्वय समिति कास्कीले एक दिवसिय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । पोखरा–३२ गगनगौंडास्थित गोगन उच्च माविमा भएको शिविरमा झण्डै ११ सयले स्वास्थ्यलाभ गरे । शिविरमा महिलाहरुको पाठेघर, स्तन, दाँत परिक्षणका साथै औषधी समेत वितरण गरिएको थियो ।

शिविरको एक समारोहका विच उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया गुरुङ्ग अधिकारीले महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि उपचारका लागि गण्डकी प्रदेश सरकारले चितवनको भरतपुर क्यान्सर हस्पिटलसंघ समन्वय एवं सहकार्यको थालनि गरेको बताउनुभयो । उहाँले क्यान्सर उपचारका लागि प्रदेश सरकारले १ लाख तथा भरतपुर अस्पतालले ५० हजार सम्मको निःशुल्का औषधोपचारमा सहयोग गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रहरी उपरिक्षक रमेश थापा, वडा ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्की, गोगन उमावि व्यवस्थापन समिति अध्यक्ष मेघराज पौडेल, स्थानिय गायत्री आमा समुहका अध्यक्ष हरिमाया खत्री, लगायतले नारी दिवस तथा नारी अधिकारका बारेमा बोल्नुभएको थियो । आयोजक संस्थाका निवर्तमान अध्यक्ष एवं कार्यक्रम संयोजक सोमनाथ बाँस्तोलाले कार्यक्रमको उद्येश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा.गिरिधारी शर्माले स्वास्थ्य परिक्षण, गण्डकी हस्पिटलले पाठेघर जाँचका लागि प्राविधिक सहयोग, बगरको ग्लोबल डेण्टल र संयोग डेण्टल केयरले औषधी, गण्डकी प्रदेश प्रहरी अस्पतालले मधुमेय तथा रक्तचाप परिक्षणमा सहयोग गरेका थिए ।

आयोजक समितिका अध्यक्ष बोधराज कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भिम पराजुलीले स्वागत तथा महासचिव मनपति भण्डारीले सञ्चालन गर्नुभएको थियो । भलिवलका पूर्व राष्ट्रिय खेलाडी शरण प्रधानले स्थानिय आयोजनामा सहयोग गर्नुभएको थियो ।

Leave a Reply