संगम सहकारी पोखराको स्वास्थ्य सचेतना कार्यक्रम

२५ फाल्गुन २०७८, बुधबार

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था , पोखरा -१५ ले ११२ औं नारी दिवसको अवसरमा पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परिक्षणका साथै स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ ।

परिवार नियोजन संघ , कास्कीको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा प्रशिक्षण दिदै नर्स अन्जना भण्डारीले आमा बनेका हरेक महिलाहरूले पाठेघर र स्तन सम्बन्धी स्वास्थ्य परिक्षण प्रत्येक वर्ष गर्नुपर्ने बताइन् । क्यान्सर लगायत कुनै पनि रोग बेलैमा पत्ता लागे छिटो निको हुने र ढिला भएमा जटिलता बढ्दै जाने भएकोेले स्वास्थ रहन सबैले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

 

नेपाल परिवार नियोजन संघ , कास्की शाखाका सभापति निरन्जन श्रेष्ठले नारी दिवसको शुभकामना दिदै आउने दिनमा पनि संगम सहकारी सँग सहकार्य गर्न आफ्नो संस्था तयार रहेको जानकारी दिए ।

सहकारीका अध्यक्ष निरज थापाले नारी दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना दिदै संस्थाले नारी दिवसको दिनमा मात्रै नभइ वर्षका अन्य दिनहरुमा पनि नारी लक्षित कार्यक्रमहरु गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।

संगम सहकारीका उपाध्यक्ष एवं परिवार नियोजन संघ , कास्की शाखाका कार्यालय प्रमुख नवराज तिवारीले प्रजनन स्वास्थ्य महिला र पुरुषको साझा सरोकारको बिषय भएता पनि स्वास्थ्य समस्या महिलामा नै बढी हुने भएकोले यो बिषयमा महिलाहरू नै बढी सचेत हुनुपर्ने बताए ।

सो अवसरमा परिक्षण गरिएका मध्ये ४ जनामा केहि बढी समस्या देखिएकोले तुरुन्तै अस्पतालमा गइ थप जाँच गर्न सल्लाह दिइएको कार्यक्रम संयोजक बिष्णु कुमारी थापाले जानकारी दिइन् ।

उक्त कार्यक्रममा बृहस्पति अधिकारी , तिलक थापा , शोभा कुँवर , सुशीला थापा , सरस्वती अधिकारी लगायतले बोलेका थिए ।

Leave a Reply