नयाँ मतदातालाई हसियाँ हथौड़ामा कसरी भाेट हाल भन्ने ?

0
382

पाेखरा ।  नेपाली काँग्रेसका नेता शेखर काेईरालाले विचार नमिल्ने पार्टीसंग तालमेल गर्ने कुरालाई कार्यान्वयन गर्न अत्यन्तै गाह्रो हुने वताउनु भएको छ।साेमवार पाेखरामा कार्यकर्तासंगकाे भेटघाटमा नेता काेईरालाले  भन्नुभयो ´तालमेल गर्ने कुरालाई म खराव भन्दिनँ तर याे कुरालाई पनि हामीले मध्यनजर गर्नु पर्छ कि नयाँ मतदातालाई हसियाँ हथौड़ामा कसरी भाेट हाल भन्ने ?,´उहाँले भन्नुभयो ,´एकातिर घरघर जाअाैं काग्रेस जिताअाैं भनेका छाैं।

कुनै वडामा माअाेवादीलाई दियौं भने नयाँ मतदातालाई हसिया हथौड़ामा कसरी भाेट हाल भन्ने ?

नयाँ मतदातालाई फर्काउने उपाय के हाे ? कसरी सम्झाउने यसतर्फ सबैले ध्यान दिनुपर्ने काेईरालाकाे भनाइ थियाे।

गठबन्धनले समानुपातिक समाबेशीता कमजोर हुन सक्ने भन्दै उहाँले महिलाहरुले पनि अात्मविश्वासकासाथ अाफ्नाे उपस्थिति देखाउन अाग्रह गर्नु भयाे।

कास्कीमा काँग्रेसले चुनाव जित्ने दावी गर्दै काेईरालाले टाेलटाेलमा अभियान चलाउन अाग्रह समेत गर्नुभयो ।