भारतीय भूपू सैनिकको साधारणसभा चैत ३० मा

२५ चैत्र २०७८, शुक्रबार

 

बिर्तामोड । भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको आगामी साधारणसभा यही चैत ३० गते हुने भएको छ ।

संघको बिहीबार बसेको बैठकले चुनावी साधारणसभाका लागि तयारी सुरु गरेको अध्यक्ष धनकुमार गुरुङले जानकारी दिए । गुरुङका अनुसार चैत ३० गते हुने चौथो साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

यसैबीच, संघले बिर्तामोडका १० वटै वडाका अध्यक्षहरुलाई शपथ ग्रहण गराएको छ । संघका सचिव विष्णुप्रसाद योङहाङका अनुसार वडा नम्बर १ र २ का अध्यक्ष कमलबहादुर तामाङ, ३ का अध्यक्ष कुमार गुरुङ, ४ का अध्यक्ष प्रेमबहादुर राई, ५ का अध्यक्ष धनबहादुर लिम्बू, ६, ७ र ८ का अध्यक्ष प्रकाश पुरी तथा ९ र १० का अध्यक्ष कर्णबहादुर गुरुङलाई शपथ खुवाइएको हो ।

विभिन्न सामाजिक तथा खेलकुदका गतिविधि गर्दै आएको संघले चुनावपछि पनि त्यस्तै कार्यक्रम गर्ने योजना बनाएको अध्यक्ष गुरुङले बताए ।

 

 

 

Leave a Reply