काँग्रेस पाेखरा -३ काे मतदातासंग भेटघाट कार्यक्रम सुरु

0
377

 

पाेखरा।नेपाली काँग्रेस वडा कार्य समिति पाेखरा -३ ले विहिवार देखि अाैपचारिक रुपमा मतदातासंग भेटघाट कार्यक्रमकाे सुरुवात गरेको छ।

पाेखराकाे नालाकाेमुखमा रहेको नेपाली काँग्रेसका सर्वमान्य नेता लाैह पुरुष गणेशमान सिंहकाे शालिकमा माल्यर्पण गरि घरदैलो कार्यक्रमकाे सुरुवात गरिएको नेपाली काँग्रेस पाेखरा-३ का सभापति नारायण उदासले पाेखरा पाेष्टलाई जानकारी दिए।

घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुकाे उपस्थिति रहेको थियाे।

 

नेपाली काँग्रेसले पाेखरा -३ बाट सामाजिक एवम् राजनीति व्यक्ति प्रकाशमान उदासलाई अध्यक्षकाे उमेदवार वनाएकाे छ।

 

त्यसैगरी महिला सदस्यमा शान्ति पराजुली ,दलित महिला सदस्यमा सवि परियार ,खुला सदस्यमा सनकमान सिके र नवीन अाले उमेदवार छन् ।