पोखरा ५ मा आजदेखि एमालेको चुनावी घरदैलो सुरु

0
359

पोखरा । नेकपा (एमाले) पोखरा वडा नं. ५ ले वैशाख ३० गते स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गर्दै आज (आइतबार) देखि घरदैलो सुरु गरेको छ । चुनावी सचेतना, उम्मेदवार परिचयसहित एमाले पोखरा ५ ले आज जिरो किमीदेखि घरदैलो सुरु गरेको हो ।

यस वडामा एमालेको तर्फबाट वडाध्यक्षमा विष्णुप्रसाद बराल, महिला सदस्य कल्पना भुवाजी क्षेत्री, दलित महिला सदस्य हरिमाया विक, खुल्ला सदस्यतर्फ गोविन्दप्रसाद बराल र मणिराम बरालले उमेद्वारी दिएका छन् ।
भोली (सोमबार) एमालेको तर्फबाट पोखराको मेयर र उपमेयर पदमा उमेद्वारी दिएका कृष्ण थापा तथा मञ्जुदेवी गुरुङसहित घरदैलो गरिने वडा ५ एमाले चुनाव प्रचार प्रसार समितिका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।