पोखरामा शनिबार राष्ट्रिय साइक्लिब प्रतियोगिता

२ असार २०७९, बिहीबार

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा असार ४ गते शनिबार पोखरा राष्ट्रिय साइक्लिब प्रतियोगिता हुँदैछ । साइक्लिब प्रवद्र्धन गर्ने उद्देश्यसहित साइक्लिब संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।
४५ किलोमिटर दुरीको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको
समितिका सदस्य सचिव सुवास सड्काले जानकारी दिए । महिला र पुरुष गरी दुई
विधामा प्रतियोगिता हुने उनले बताए ।
पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता ¥यालेचौर, मौजा,
आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको
पुलमै आएर टुंगिने छ । प्रतियोगिता बिहान ७ बजेदेखि सुरु हुने समितिले
जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन ड्यामसाइडस्थित खेलकुद विकास समितिको कार्यालय,
न्यूरोडस्थित साइकल ल्याण्ड, सिर्जना चोकस्थित चालिसे साइकल, पोखरा माउण्टेन
बाइक एडभेन्चर हल्लनचोकमा पाइने फारम भर्नुपर्ने छ । काठमाडौँमा
साइक्लिष्ट उषा खनाललाई सम्पर्क गरेर फारम भर्न सकिने आयोजकले
जनाएको छ । तोकिएका स्थानबाट शुक्रबार दिउँसो २ बजेसम्म फारम भर्न
सकिने सहआयोजक साइक्लिब संघ कास्की अध्यक्ष शंकर भण्डारीले जानकारी
दिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रु
पैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाउने छन् । सहभागी सबैलाई मेडल र
प्रमाणपत्र दिइने छ ।
खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पछिल्लो समय साइक्लिबमा
धेरैको रुचि बढेकाले प्रतियोगताले साइक्लिबलाई खेलकै रुपमा विकास गर्न थप
सहयोग पुग्ने विश्वास व्यक्त गरे । यो पहिलो प्रयास भएको र आगामी वर्षमा
विदेशी साइकलयात्रीलाई पनि सहभागी गराउने गरी तयारी गर्ने उनले बताए

Leave a Reply