पुतलीबजार -१० राङ्खाेला स्याङ्जामा उद्घाेषण कला तालिम

५ असार २०७९, आईतवार

 

पाेखरा।पुतलीबजार नगरपालिकाकाे सहयोग एवम् राङ्खाेला सामुदायिक सिकाई केन्द्र पुतलीबजार -१० राङ्खाेलाकाे आयोजनामा संचालित ३ दिने उद्घाेषण कला तालिम सम्पन्न भएको छ।

 

तालिम समापन कार्यक्रममा वाेल्दै पुतलीबजार नगरपालिका शिक्षा शाखा प्रमुख वावुराम वरालले उद्घाेषण कला तालिमले महिलाकाे वाेल्ने कलाका साथै मागदाबी गर्ने क्षमताको पनि विकास हुने वताउनु भयाे।महिलाले आफ्नो हक अधिकार प्राप्त गर्नका लागि निर्धक्क भएर आवज उठाउन समेत उहाँले आग्रह गर्नुभयो ।

पुस्तकालय पुगेर पठनपाठन गर्ने विषयमा महिलाको सहभागीता कम देखिएको भन्दै उहाँले फुर्सदको समयमा सिकाई केन्द्रमा पुगेर अध्यन गर्न समेत सुझाव दिनुभयाे।

तालिमका मुख्य प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनीले तालिममा सिकेका कुरा व्यवाहारमा उतार्न आग्रह गर्नुभयो ।

राङ्खाेला सामुदायिक सिकाई केन्द्रका उपाध्यक्ष दुर्ग वहादुर  शाहकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रजातान्त्र सेनानी विश्व प्रेम अधिकारी ,शिक्षा शाखाका अधिकृत गाेविन्दराज सुवेदी ,पुतलीबजार -१० का कार्यवाहक अध्यक्ष क्या रामवहादुर थापा,पुतलीबजार नगरपालिका कार्यपालिका सदस्य यशाेधा अर्याल ,समाजसेवी जीत वहादुर थापा लगायतले वाेल्नु भएको थियोे ।

 

तालिमका प्रशिक्षार्थी मंजु काेईरालाले संचालन गरेको कार्यक्रममा सहभागीका तर्फबाट तीला अधिकारीले अनुभव मन्तव्य राख्नु भएको थियाे।

पुतलीबजार -१० का २२ वटा टाेलका सदस्यहरू सहभागी भएको तालिमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनीले सहजिकरण गर्नु भएको थियाे।

समाजिक अगुवा महिलाहरुकाे क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिम आयोजना गरिएको राङखाेला सामुदायिक सिकाई केन्द्रका सचिव सुरजकुमार अधिकारीले जानकारी दिनुभयो ।उहाँले सिकाई केन्द्र मार्फत वाख्रा पालन,वङ्गुर पालन,सिलाई तालिम ,चप्पल वनाउने तालिम लगायतका तालिमहरु समेत प्रदान गरिएको वताउनु भयाे।

Leave a Reply