स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला सम्मानित

२२ श्रावण २०७९, आईतवार

 

पोखरा ।स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला राष्ट्रिय नागरिक पत्रकारिता सम्मान–२०७९ द्वारा सम्मानित भएका छन् ।

काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजको १३ औं वार्षिकोत्सव समारोहबीच उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सम्मान गरेका हुन् । समारोहमा मन्त्री कुँवरले सम्मानपत्र, पूर्व पर्यटन राज्यमन्त्री परशुराम तामाङले माला तथा समाजका अध्यक्ष महेशजंग कुँवरले माला लगाएर सम्मान गरेका थिए ।

आदर्श समाज राष्ट्रिय दैनिक, पोखराका प्रधानसम्पादक समेत रहेका बास्तोलालाई सामाजिक रुपान्तरणका लागि पत्रकारिता माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । त्यस अवसरमा बास्तोलालगायत विभिन्न क्षेत्रका २२ जना व्यक्तिलाई सम्मान गरिएको थियो ।

समारोहमा प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विभिन्न क्षेत्रको पहलबिना समाज अघि बढ्न नसक्ने बताउँदै समाज बलियो भएमात्रै राज्यले ठिक बाटो अवलम्बन गर्न सक्ने बताए । पूर्व पर्यटन राज्यमन्त्री तामाङले समाजसेवामा पत्रकारिता क्षेत्रले समाजमा प्रेरणादायी भूमिका खेलेको उल्लेख गरे ।

यसैबीच, गत साउन १ मा प्रधानसम्पादक बास्तोला गंगा–ज्योति स्मृति पुरस्कारबाट सम्मानित भएका थिए । अद्वैत संस्थाका कुलपति प्रताप चक्रवर्तीले काठमाडौंमा आयोजित विशेष समारोहबीच बास्तोलालाई उक्त पुरस्कार प्रदान गरेका हुन् । गुरुआमा पूर्णलक्ष्मी चक्रवर्तीको ११६ औं जन्मजयन्ती तथा अद्वैत संस्थाद्वारा संचालित २०७८÷०७९ को दशमासीय राष्ट्रव्यापी महासत्संग समापन अवसरमा नगद २५ हजार रुपैयाँसहित सम्मानित भएका थिए ।

Leave a Reply