एभरेष्ट मुद्रा अध्ययन समाज गण्डकीकाे अध्यक्षमा तुलसिराम खड्का

३१ श्रावण २०७९, मंगलवार

पाेखरा।पाेखरामा पुराना एवम् ऐतिहासिक सिक्का तथा कागजी नाेट संग्रहकर्ताहरुकाे संस्था एभरेष्ट मुद्रा अध्ययन समाज गण्डकीकाे  प्रथम साधारणसभा एवम् अधिवेशनले तुलसिराम खड्काकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

समितिकाे उपाध्यक्षमा शिव प्रसाद श्रेष्ठ, सचिवमा प्रकाशसिंह भण्डारी र काेषाध्यक्षमा हरि वहादुर ढकाल रहनुभएकाे छ।

त्यसैगरी सदस्यहरुमा कमल बहादुर गुरुङ ,सुर्य कार्की,अजय श्रेष्ठ ,उर्मिला थापा र प्रेम क्षेत्री रहनुहुनुभएको छ।

सल्लाहकार समितिमा प्रा डा. यम वहादुर क्षेत्री,तिलक केसी र सुर्य वहादुर कार्की रहनु भएको छ।

अधिवेशनकाे उद्घाटन गर्दै ईतिहासविद् एवम् अनुसन्धानकर्ता प्रा.डा. यम बहादुर क्षेत्रीले ऐतिहासिक मुद्रा र वस्तुको संकलन गर्नु आफैमा चुनाैतीपुर्ण र कठिन कार्य भएको वताउनुभयाे। पुराना मुद्रा,हुलाक टिकट एवम् पुराना दस्तावेज एवम् तस्बिरहरुकाे संग्रह गर्ने कार्यमा राज्ले विशेष चासो दिनुपर्नेमा उहाँले जाेड दिनुभयो ।ज्ञान,अनुसन्धान ,अवलोकन र अध्ययनका लागि यस्ता संस्थाले महत्त्वपूर्ण भुमिका खेल्ने उहाँको भनाइ थियाे।संस्थाले संग्रह र संकलन गरेका ऐतिहासिक वस्तुहरुकाे प्रदर्शनी गर्न सके पाेखराकाे पर्यटनमा थप टेवा दिन सकिने उहाँको भनाइ थियाे।

संग्रहकर्ता सुनिल उलकले पुराना मुद्राले तत्कालीन राज्य प्रणालीको प्रतिविम्ब झल्काउन महत्त्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्नुभयाे।आम नागरिकलाई अझै पनि पुराना मुद्रा एवम् हुलाक टिकटकाे महत्त्वकाे विषयमा जानकारी नभएकाेले संस्थाले समय समयमा प्रदर्शनी एवम् सचेतनामुलक कार्यक्रमकाे आयोजना गर्न उहाँले सुझाव दिनुभयाे।

समाजसेवी तीलक केसीले भारतमा पनि नुमिस्मेटिक विषयमा अध्ययन ,अवलोकन प्रदर्शनी र संरक्षणलाई प्राथमिकतामा राखिएको जानकारी दिदै नेपालमा पनि यसका विषयमा आम नागरिकलाई बुझाउन आवस्यक रहेको वताउनु भयाे।

पश्चिमाञ्चल फिलाटेलिक साेसाईटीका अध्यक्ष रामप्रसाद भट्टराईले संग्रह र संकलन भएका ऐतिहासिक चिजहरुकाे संग्रहालय वनाएर राख्नुपर्नेमा जाेड दिनुभयाे।

संस्थाका अध्यक्ष तुलसीराम खड्काकाे अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षकाे प्रतिवेदन  संस्थाका अध्यक्ष तुलसीरामले खड्का प्रस्तुत गर्नु भएको थियाे भने सचिवकाे प्रतिवेदन संस्थाका सचिवमा प्रकाशसिंह भण्डारीले  प्रस्तुत गर्नु भएको थियाे   ।साथै आर्थिक प्रतिवेदन संस्थाका  काेषाध्यक्ष हरि वहादुर ढकालले   प्रस्तुत गर्नु भएको थियाे  ।

विगत ४ दशकदेखि पाेखरा क्षेत्रमा रहेर व्यक्तिगतरुपमा पुराना मुद्रा,हुलाक टिकट एवम् पुराना दस्तावेज र तस्बिरहरुकाे संग्रह गर्दै आएका व्यक्तिहरु संगठित भई २०७९ पुस ७ गते विधिवतरुपमा संस्था दर्ता गरि विभिन्न कार्यक्रम गरिएको अध्यक्ष खड्काले पाेखरा पाेष्टलाई जानकारी दिनुभयो ।पुराना मुद्राहरुकाे संकलन ,संग्रह र संरक्षण गर्दै आम मानिसलाई यसको महत्त्वका विषयमा प्रचारप्रसार गरि  प्रदर्शनी कार्यक्रम  गरिने अध्यक्ष खड्काले  जानकारी दिनुभयो ।  ।

अन्तर्राष्ट्रिय न्युमिस्मेटिक काउन्सिलमा समेत आबद्ध भएको यस संस्थाले पाेखरामा मुद्रा ग्यालरी स्थापना गर्ने लक्ष्य लिएको छ।

Leave a Reply