कास्की २ (क) मा कांग्रेसका युवा नेता आशिक गुरुङको बलियो दाबेदारी

२१ भाद्र २०७९, मंगलवार

कास्की ।  कास्की क्षेत्रनम्बर २  प्रदेश (क) लाई नेकपा एमालेले आफुहरुको लालकिल्ला रहेको क्षेत्र दाबी गर्दै आएका छन तर यस निर्वाचनमा सत्ता गठबन्धन र युवाहरुको राजनीतिक प्रभावले नतिजा उल्टन सक्ने देखिन्छ।

यसैका बिच यस क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका छन युवा नेता आशिक गुरुङले। कास्की क्षेत्रनम्बर २ प्रदेश (क)मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर अत्याधिक मतका साथ निर्वाचित भै इतिहास रच्न चाहान्छन युवा नेता आशिक गुरुङ।

उनी नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य तथा महाधिवेशन प्रतिनिधि साथै जनप्रिय बहुमुखी क्याम्पसका स्ववियु सभापति हुन्।

बिधार्थि र युवामाझ लोकप्रिय रहेका आशिक गुरुङलाई नेपाली कांग्रेसले यस निर्वाचन क्षेत्रनम्बर २ (क)    मा उम्मेदवार बनाए नेपाली कांग्रेसले निर्वाचन जित्न सक्ने त्यस क्षेत्रका नेताहरु बताउँछन्।

राजनीतिमा युवाहरुको लहर आएको र प्रभाव परेको बर्तमान स्थितिमा कास्की क्षेत्रनम्बर २  (क) मा नेपाली कांगेसका कार्यकर्ताहरुले युवा नेता आशिक गुरुङलाई उम्मेदवार बनाउन नेताहरुलाई दबाब समेत दिएका छन्।

Leave a Reply