सिड फाउन्डेसनकाे १९ औं स्थापना दिवसका अवसरमा नेतृत्व विकास तालिम

२२ भाद्र २०७९, बुधबार

 

पाेखरा।सामाजिक ,शैक्षिक तथा वातावरणीय प्रतिष्ठान सिड फाउन्डेसन कास्कीले १९ औं स्थापना   दिवसका अवसरमा  बुधबार देखि  ५ दिने  नेतृत्व विकास तालिमको आयोजना गरेको छ।

तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् कानुन विभाग प्रमुख अधिवक्ता सरिता तिम्सिना पगेनीले सिड फाउन्डेसन कास्कीले सामाजिक ,शैक्षिक तथा वातावरणकाे क्षेत्रमा महत्त्वपूर्ण याेगदान दिएको वताउनुभयो ।

नेतृत्व विकासको चरणमा वाेल्ने कला लगायत विभिन्न शिपहरुकाे आबश्यकता पर्ने भएकोले साे विकासका लागि तालिमले महत्त्वपूर्ण भुमिका खेल्ने उहाँको भनाइ थियोे ।

जनसंख्याकोआधारमा पुरुषको भन्दा महिलाको संख्या धेरै भएता पनि नेतृत्व लिने सवालमा महिला पछाडि परेको उल्लेख गर्दे केन्द्रीय सदस्य पगेनीले महिलाको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागीताका लागि सवै सराेकारवालाहरुले एकजुट भएर आवाज उठाउनु पर्नेमा जाेड दिनुभयो ।

सिड फाउन्डेसनका अध्यक्ष चन्द्र वहादुर थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा संचारिका समुहका पुर्व अध्यक्ष स्मिता अधिकारी ,फाउन्डेसनका उपाध्यक्ष शुसिला गुरुङ ,फाउन्डेसनका संस्थापक अध्यक्ष दामाेदर भक्त थापा लगायतले वाेल्नु भएको थियो ।

 

५ दिन सम्म संचालन हुने तालिममा  नेपाल पत्रकार महासंघका   केन्द्रीय सदस्य एवम् कानुन विभाग प्रमुख अधिवक्ता सरिता तिम्सिना पगेनी ,संचारिका समुह गण्डकीका अध्यक्ष कविता श्रेष्ठ ,संचारिका समूह गण्डकीका पुर्व अध्यक्ष स्मिता अधिकारी लगायतले सहजिकरण गर्ने सिड फाउन्डेसन कास्कीका अध्यक्ष चन्द्र वहादुर थापाले जानकारी दिनुभयो ।

समाजका अगुवा महिलाहरुमा नेतृत्व क्षमता अभिबृद्दि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको  सिड फाउन्डेसनका संस्थापक अध्यक्ष दामाेदरभक्त थापाले जानकारी दिनुभयाे।

२०६० सालमा स्थापना भएको फाउन्डेसनले सामाजिक ,शैक्षिक तथा वातावरणीय क्षेत्रमा काम गर्दै आएकाे छ।

 

Leave a Reply