पोखराको सराङ्कोटमा ५१ फिट उचाईको पञ्चमुखी गणेश मूर्ती निमार्ण गरिने
पोखरा । पोखराको सराङ्कोटमा धार्मिक एंव पर्यटन क्षेत्र बिकास समिति द्धारा सराङ्कोट टपमा विशाल पञ्चमुखी गणेश मुर्ती निमार्ण गरिने भएको छ ।
निमार्ण कार्यको शुभारम्भ गदै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचर्यले पोखराको पर्यटन विकासमा धार्मिक क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । पोखरा आउने पर्यटकको बसाई गराउन,स्थानिय धार्मिक पर्यटनको विकासलाई महानगरले सकारत्मक सहयोग गर्ने बताए ।
५१ फिट उचाई रहने विशाल गणेश मूर्ती स्थापनाका लागि ९ करोड खर्च लाग्ने अन्नपूर्ण केवलकार का संचालक तिर्थराज त्रिपाठीले बताए ।
सो निमार्ण का लागि स्थानिय जनप्रतिनिधि ,राजनैतिक दल ,संघसंस्थाका प्रतिनिधि को भेला द्धारा समाज सेवी अन्नपूर्ण केवलकार का अध्यक्ष कालु गुरुङ्ग को संयोजकत्वमा सह सहयोजक कमला शेरचन,सचिवमा शुसिल जि सी कोषाध्यक्ष ंगंगा तिमिल्सेना सदस्यहरुमा शिव प्रशाद कोइराला ,ई.सुमेस बास्तोला र टकाराम चपाई रहेको निमार्ण समिति गठन गरेको छ ।
संसारकै अग्लो गणेश मुर्ति निमार्णले पोखरामा धार्मिक पर्यटन को महत्व बढ्ने भागवत भाष्कर पंडित कमल नयन गौतमले बताए ।
समितिका अध्यक्ष प्रेम बहादुर जि सी को सभापतित्वमा भएको कार्यक्रममा तत्कालिन सराङ्गकोट गा.वि स का अध्यक्ष झपट बहादुर थापा , वार्ड नं १८ का सदस्य कल्पना ढकाल ,सचिव दिल बहादुर जि सि ले आ आफ्नो धाराणा राखेका थिए ।
२०५६ देखि सराङ्गकोट टप क्षेत्रमा रहेको टावर भुमे कालिका ,शिव मन्दिर संरक्षण मा धार्मिक पर्यटन क्षेत्र बिकास समिति मार्फत विशेष गुरुयोजना सहित कार्य गदै विशाल शिव मन्दिर टावरको निमार्ण अन्तिम चरणमा रहेको अध्यक्ष जि सि ले बताए ।
विशाल गणेश मूर्ती शिवरात्रि सम्म सम्पन्न गर्ने योजना रहेको उपाध्यक्ष मिन बहादुर थापाले बताए ।
Leave a Reply
You must be logged in to post a comment.