कन्या माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन

९ आश्विन २०७९, आईतवार

 

पोखरा महानगरपालिका वडा नम्बर ३ स्थित ऐतिहासिक  कन्या मा.वि. नदीपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पोखरा ३, तेर्सापट्टी निवासी समाजसेवी दानवीर चिरञ्जीवी द्वा चयन हुनु भएको छ ।

शनिबार ९ सदस्यीय विद्यालय व्यवस्थापन समितिले चिरञ्जीवी द्वालाई अध्यक्ष चयन गरेको हो ।

अभिभावक भेलाबाट क्यामुना थापा, निर्मला गुरूङ, अरूणा वि. क. ब्यवस्थापन सदस्यमा चुनिएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाशमान उदासको प्रतिनिधित्वमा, वडा शिक्षा समिति वडा नम्बर ३ बाट सिफारिस हुनु भएका चिरञ्जीवी द्वा र शान्ति श्रेष्ठ उदास, शिक्षक प्रतिनिधिमा रमा कुमारी सापकोटा, सदस्य सचिव प्र.अ. प्रेम बहादुर बुढाथोकी हुनुहुन्छ ।

८ सदस्यीय समितिले पोखरा ३ नदीपुरका समाजसेवी दानवीर ओम प्रसाद पुनलाई सदस्य मनोनित गरेको छ । बैठकले विद्यालय ब्यवस्थापन समिति गठन गर्न सहयोग गर्ने पो.म.न.पा. शिक्षा महाशाखा, पो.म.न.पा. वडा नं ३ वडा अध्यक्ष प्रकाशमान उदास लगायत वडा कार्यालय, अभिभावक, शिक्षक कर्मचारी,  विद्यार्थी तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।

अध्यक्ष चिरञ्जिवी द्वाले विद्यालयमा थप गुणस्तर कायम गर्न सबैको साथ सहयोग लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Leave a Reply