ज्ञानभूमी मावि नदिपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा  प्रेम शेरचन 

१२ आश्विन २०७९, बुधबार

पोखरा ।  पोखरा महानगरपालिका वडा नम्बर ३ को  ज्ञानभूमी मावि नदिपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पोखरा ३ नदिपुर निवासी समाजसेवी शिक्षासेवी प्रेम शेरचन चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले प्रेम शेरचनलाई अध्यक्ष चयन गरेको हो ।

अभिभावक भेलाबाट ब्यवस्थापन समितिमा रामेश्वरी हमाल , मुकेश रौनियार , लोकमाया वि. क. सदस्यमा चुनिएका छन् । वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाशमान उदासको प्रतिनिधित्वमा , वडा शिक्षा समिति वडा नम्बर ३ बाट सिफारिस हुनु भएका प्रेम शेरचन र बुध्द गुभाजू र सदस्य सचिव प्र. अ . विनोद सुबेदी हुनुहुन्छ।

८ सदस्यीय समितिले पोखरा ३ तेर्सापट्टीका समाजसेवी , पूर्व राष्ट्रिय खेलाडी , सृजनशील कलाकार एवं पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठलाई सदस्यमा मनोनित गरेको छ ।

बैठकले विध्यालय ब्यवस्थापन समिति गठन गर्न सहयोग गर्ने पोमनपा शिक्षा महाशाखा, पोमनपा वडा नं ३ वडा अध्यक्ष प्रकाशमान उदास लगायत वडा कार्यालय परिवार , अभिभावक , शिक्षक कर्मचारी, स्टाफ, विद्यार्थी तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।

अध्यक्ष प्रेम शेरचनले विद्यालय भौतिक संरचनाका साथ शिक्षालाई थप गुणस्तर कायम गर्न सबैको साथ सहयोग लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply