संगम सहकारीमा सपथ र शुभकामना

१७ आश्विन २०७९, सोमबार

पोखरा । संगम बचत तथा ऋण सहकारी संस्थाले हालै मात्र मनोनीत संस्थाका सल्लाहकार एवम् विभिन्न उपसमितिका सदस्यहरूलाई सपथ खुवाउदै कामको जिम्मेवारी तोक्नुका साथै बडा दशै र तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरेको छ ।

सो अवसरमा सबैलाई शुभकामना दिदै नवनिर्वाचित अध्यक्ष नवराज तिवारीले निर्वाचित र मनोनीत सबै साथीहरूको साथ सहयोगले आफुलाई निर्वाचित गराउने सबै सेयर सदस्यहरु प्रतिको जिम्मेवारी पुरा गर्ने बताए । सहकारीका संरक्षक एवं सल्लाहकार संयोजक निरज थापाले निति बिधिमा चलेको सहकारीलाई अझ उचाइमा पुर्याइ एक वर्ष भित्रै रिजल्ट देखिने गरि कडा मेहनतका साथ काम गर्न अनुरोध गरे ।

लेखा संयोजक भोविन्द्र गिरीले अहिले पचास साठी प्रतिशत नभई सय प्रतिशतको परिश्रम गर्नुपर्ने बेला भएको बताए ।

सल्लाहकार सन्तोस पोखरेलले महाभारतको प्रसंग सुनाउदै पुन्य कार्य गर्नका लागि मनुष्य चोला प्राप्त भएको बताए । संचालक एवं बचत उपसमिति संयोजक तोयानाथ भट्टराईले संकटको बेलामा दिने परिचय नै संस्थाको वास्तविक परिचय हुने भएकोले संयमता सहितको सक्रियतामा जोड दिए ।

संचालक एवं शिक्षा उपसमिति संयोजक तिलक थापाले हरेक उपसमितिलाई कार्यतालिका बनाएर अघि बढ्न अनुरोध गरे । सोही अवसरमा खोलिएको दशै तिहार भाग्यमानी चिठ्ठामा सेयर सदस्यहरु मध्ये बाट दिल कुमारी आले प्रथम , शिवराज वाग्ले दोस्रो र राजन गुरुङ तेस्रो भइ क्रमशः ३ हजार , २ हजार र १ हजार रुपैयाँको पुरस्कार प्राप्त गरेका छन् ।

कार्यालय प्रमुख बृहस्पति अधिकारीले संस्थागत परिचय राखेको उक्त कार्यक्रममा बुद्धिमान थापा , धनराज पुरी , बिष्णु कुमारी थापा , सुभास भण्डारी , सरस्वती अधिकारी , दिलमाया थापा लगायतले बोल्नु भएको थियो ।

Leave a Reply