कास्की क्षेत्र नं. २ मा माधव कँडेलको मनोनयन दर्ता

२४ आश्विन २०७९, सोमबार

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीका महामन्त्री माधव प्रसाद कँडेलले आसन्न निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभा कास्की क्षेत्र नं. २ मा चुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन् ।

कँडेल एक कुशल शिक्षक हुन् लामो समय सम्म अध्यापन क्षेत्रमा कार्यरत रहेका कँडेल हाल देशमा भइरहेको भ्रष्टचार, व्यतिथि बिरुद्ध आजित भई सुन्दर देश निर्माण गर्नका निम्ति आफु राजनितिमा होमिएको बताउछन् । ”मेरो उमेद्वारी सुसासनको पक्षमा हुनेछ भ्रष्टचारको बिरुद्धमा हुनेछ, शिक्षा, स्वास्थ्य र पूर्वाधार बिकासको पक्षमा हुनेछ” उनले भने । युवाहरुको पक्षमा देशमै राजगारी सिर्जना गरि देशमै रहने, हिमाली क्षेत्रको पानीलाई प्रसोधन गरि निर्यात गर्ने उर्जा बिक्री, जडिबुटी प्रशोधन गरि निर्यात बढाउने, पर्यटन क्षेत्र लगायतका मुुद्धा उनले उठाउने छन् ।

कडेँलको प्रस्तावक कृष्ण मुरारी कँडेल र समर्थक दिनेश आचार्य रहेकाे कास्की क्षेत्र नंं. २ निर्वाचन परिचालन समिति संयोजक विकास भुर्तेलले जानकारी दिए ।

Leave a Reply