न्युरोड महिला उत्थान मञ्चमा नयाँ कार्यसमिति चयन
पाेखरा।न्युरोड महिला उत्थान मञ्चकाे शनिबार पाेखरामा सम्पन्न १६ औं साधारणसभा तथा साताैं अधिबेशनले लक्ष्मी जि.सी काे अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको छ।जसको उपाध्यक्षमा अप्सरा जि.सी ,काेषाध्यक्षमा बिना जि.सी,सचिवमा चन्द्रावती वाग्ले र सहसचिवमा सृजना न्याैपाने रहनुभएकाे छ।
त्यसैगरी सदस्यहरुमा माया जि.सी,ईन्दु जि.सी चालिसे ,लक्ष्मी जि.सी ,अनिता जि.सी,रमा घिमिरे पाैडेल र चिजा जि.सी चयन हुनुभएको छ।
निर्वाचन समितिमा अधिवक्ता सरिता तिम्सिना पगेनी संयाेजक साथै न्युरोड महिला उत्थान मञ्चका संस्थापक अध्यक्ष टिकामाया चालिसे र मञ्चका जेष्ठ सदस्य बिष्णु केसी सदस्य रहनुभएको थियाे।
यस अघि कार्यक्रमकाे उद्घाटन गर्दै पाेखरा महानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले महिलाहरुकाे क्षमता अभिबृद्दिका साथै नेतृत्व बिकासकाे सवालमा आफुले काम गरिरहेकाे बताउनुभयो ।
वडा नम्बर ८ लाई महिलाहरु आत्मनिर्भर भएको वडाका रुपमा बिकास गर्नका लागि वडाले विभिन्न महिला लक्षित कार्यक्रमहरु संचालन गरेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनीले लैङ्िगक समतामूलक समाज निर्माणमा महिला समुहको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।
न्युरोड महिला उत्थान मञ्चका अध्यक्ष अम्बिका भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा सृजना सहकारीका अध्यक्ष सुष्मा पहारी बराल,न्युरोड महिला उत्थान मञ्चका संस्थापक अध्यक्ष टिकामाया चालिसे ,कृषि संजाल पाेखरा -८ का संयाेजक कुन्ती अधिकारी ,प्रगति आमा समुहका अध्यक्ष राधा थापाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियाे।
कार्यक्रममा सचिवकाे प्रतिबेदन संस्थाका सचिव चन्द्रावती वाग्लेले प्रस्तुत गर्नुभएको थियाे भने आर्थिक प्रतिबेदन संस्थाका काेषाध्यक्ष बिना जि.सीले प्रस्तुत गर्नुभएको थियाे।
स्वागत मन्तब्य न्युरोड महिला उत्थान मञ्चका सदस्य सृजना न्याैपाने घिमिरेले गर्नु भएको थियाे भने कार्यक्रमकाे संचालन मञ्चका सचिव चन्द्रावती वाग्लेले गर्नुभएको थियाे।
कार्यक्रममा बिना जि.सी.माया जि सी, खरिका जि. सी.,लक्ष्मी जि. सी. लक्ष्मी के.सी. सृजना न्यौपाने ,जेष्ठ नागरिक विष्णु के. सी लाई सम्मान समेत गरिएको न्युरोडमा महिला उत्थान मञ्चका सचिव चन्द्रावती वाग्लेले जानकारी दिनुभयाे।
Leave a Reply
You must be logged in to post a comment.