पोखरा – ३ तेर्सापट्टी मा स्वन्ती नख : उत्सब ( तिहार उत्सब ) हुने

३१ आश्विन २०७९, सोमबार

पोखरा । पोखरा -३ तेर्सापट्टी सरस्वती मन्दिर परिसरमा स्वन्ती नख : उत्सब ( तिहार उत्सब ) हुने भएको छ ।
न्हुद : नेपाल संवत् ११४३ ( तिहार) को उपलक्ष्यमा आगामी कातिक ५ गते शनिबार स्वन्ती नख : उत्सब हुने भएको हो । तेर्सापट्टी नदीपुर नेवा : मिसा पुचःको आयोजना एवम् पोखरा – ३ को सहयोगमा उत्सब हुन लागेको तेर्सापट्टी नदीपुर नेवा : मिसा पुचःका अध्यक्ष भार्गवी राजभण्डारीले जानकारी दिनुभयो ।

उत्सबमा लक्ष्मी पुजाका लागि आबश्यक सामाग्रीका १२ वटा स्टल राखिने छन ।
नेवारी संस्कृतिको संर्वदन र स्थानीय महिलाहरुले उत्पादन गरेका सामानहरुको प्रबर्दन गर्ने उदेश्यले उत्सबको आयोजना गरिएको नेवा : मिसा पुचः कास्कीका निर्बतमान अध्यक्ष शान्ति उदासले जानकारी दिनुभयो ।

उत्सबमा इता जजन्का बनाउने तालिम समेत संचालन गरिने कार्यक्रम संयोजक रजनी श्रेष्ठ र सुमन कतिलाले पोखरा पोष्टलाइ जानकारी दिनुभयो।
उत्सबमा कास्की जिल्ला भित्रका बिभिन्न मिसा पुचःहरुको सहभागिता रहने छ ।

Leave a Reply