कन्या मावि भुपु बिद्यार्थी संघको अध्यक्षमा रजनी काेईराला

१२ कार्तिक २०७९, शनिबार

 

 

पाेखरा।पाेखराकाे नदिपुर स्थित कन्या माध्यमिक बिद्यालय भुपु बिद्यार्थी संघकाे शनिबार पाेखरामा सम्पन्न तेस्रो अधिबेशनले रजनी काेईरालाकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।समितिकाे उपाध्यक्षमा सीता तामाङ ,सचिबमा बसुधा भट्टराई र काेषाध्यक्षमा दिव्यश्वरी बाटाजु रहनुभएकाे छ।

 

त्यसैगरी सदस्यहरुमा बिष्णु गुरुङ ,जीवन श्रेष्ठ ,लालु गुरुङ ,गंगा गुरुङ ,नीता ताम्राकार ,निरु कायस्थ र सन्ध्या पराजुली रहनुभएको छ।

 

निर्वाचन समितिकाे संयाेजकमा अधिवक्ता सरिता तिम्सिना पगेनी र सदस्यहरुमा कन्या माविका प्रधानाध्यापक प्रेम बहादुर बुढाथोकी भुतपुर्व प्रधानाध्यापक चित्रा गुरुङ रहनुभएको थियाे।

 

अधिबेशनकाे उद्घाटन गर्दे कन्या माविका प्रधानाध्यापक प्रेम बहादुर बुढाथोकीले बिद्यालयकाे गरिमा बढाउन भुपु बिद्यार्थीहरुकाे महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।उहाँले भुपु बिद्यार्थी संघले भुपु बिद्यार्थीहरु र बिद्यालय बीच पुलको काम गरेको उल्लेख गर्नुभयो ।

 

कन्या मावि  भुपु बिद्यार्थी संघका अध्यक्ष रेखा मर्सानीकाे अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका पुर्व प्रअ चित्रा गुरुङ ,पुर्व शिक्षक रमेश भट्टराई ,निर्वाचन समितिका संयाेजक अधिवक्ता सरिता तिम्सिना पगेनी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियाे।

कार्यक्रममा स्वागत मन्तव्य कन्या मावि भुपु बिद्यार्थी संघका उपाध्यक्ष रजनी काेईरालाले गर्नु भएको थियाे भने कार्यक्रमकाे संचालन सचिव निशा भण्डारीले गर्नुभएको थियाे।

Leave a Reply