पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं। ३ ९ख० का उम्मेद्वार प्रकाश बरालले गुण्टीचौरदेखि वडा कार्यालयसम्म जाने बाटो अझै पनि धुलाम्य अवस्थामै रहनु विडम्वना भएको बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं। २४ मा शनिबार घरदैलो गरेपछि गुण्टेचौरमा आयोजित कोणसभामा उनले यस्तो बताएका हुन् । विगतमा नेताहरुले आश्वासन दिएर पूरा नगरेको उल्लेख गर्दै उनले धूलाम्य सडकको आफूले छिट्टै अन्त्य गर्ने स्पष्ट पारे ।
उनले भने, ‘महानगरपालिका भित्रको सडक अझै पनि यस्तो अवस्थामै रहिरहँदा मलाई निकै दुःख लागेको छ । निर्वाचन जिताएर सेवा गर्ने मौका दिनुभएमा छिट्टै यसको अन्त्य गर्नेछु ।’
कास्कीकोटमा पानीको समस्या पनि निकै विकराल रहेको उल्लेख गर्दै उनले महानगरवासीले पाउनुपर्ने न्यूनतम् सुविधा पाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पानीकै कारणले धेरै कुरामा समस्या परेको छ । लिफ्टिङ प्रविधिमार्फत कास्कीकोटवासीलाई पानी ल्याउन प्रयास गर्नेछु ।’
उनले भने, ‘२१औं शताब्दीमा पनि कास्कीकोटका कुखुरा र गाइवस्तुले पानी खान पाएका छैनन् । पानीको अभावमा धेरै आमाहरुका ढाडका खाला गएका छन् । यस्तो अवस्थाको छिट्टै अन्त्य गर्नेछु ।’
२०४८ सालदेखि नेताहरुले आश्वासन मात्र दिने गरेको भन्दै उनले जनताले ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्न थालेको बताए । आफूले जिम्मेवारी पाएपछि जनताले यस्तो उखान भन्न नपर्ने उनले स्पष्ट पारे ।
कास्कीकोटमा कृषक, शिक्षा, स्वास्थ्य, बेरोजगारीका साथै युवाका समस्यालाई आफूले विशेष ध्यान दिने उनको प्रतिवद्धता छ ।