इन्द्रेणी थिएटरको चित्रकला प्रतियोगितामा रिना पटेल प्रथम

२९ कार्तिक २०७९, मंगलवार

पोखरा । इन्द्रेणी थिएटर पोखराको आयोजनामा गण्डकी प्रदेशका विद्यालयलाई समेटेर ‘क्यानभासमा बालमनोविज्ञान’ प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७८ सोमबार नगेन आर्ट एकेडेमीमा सम्पन्न भएको छ ।
चित्रलाई निर्णायकले मूल्यांकनबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा छुट्याएका थिए । त्यसमा क्रमशः रिना पटेल, सपना नेपाली, रोशना पौडेल र आश्मा रिमाल छन्। उनीहरुले क्रमशः ५ हजार, ४ हजार, २ हजार र १ हजार नगद पुरस्कारसहित मायाको चिनो र प्रमाणपत्रसँगै नगेन आर्ट एकेडेमीबाट ७५%, ५०% र २५% छुट प्राप्त गरेका छन् ।
प्रमुख निर्णायक प्राज्ञ नगेन सिंहले विद्यार्थीले चित्रकला मात्र बुझेका कारणले २०३ चित्रकलामा १२ मात्र थिममा बनेको बताउदै अब नगेन आर्ट एकेडेमी मार्फत चित्रकलाको ज्ञान बाड्ने जानकारी दिनुभयो ।
इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले प्रतियागिताको शिर्षक भाईटिका रहेको तर धेरै विद्यार्थीले अन्य चित्र पठाएका कारणले १२ कलाकृति छान्न परेको बताए ।

Leave a Reply