पत्रकार नरबहादुर कंडेल (एनबी ) को सवारी दुर्घटनामा परी निधन

0
134

बुटवल ।   पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल) को सवारी दुर्घटनामा परी गएराती निधन भएको छ । शुक्रबार सिद्धार्थ राजमार्ग अन्तर्गत तिलाेत्तमा जानकीनगरमा कंडेल सवार लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई लु १ क ५२७६ नम्बरको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले ठक्कर दिएको थियो ।

 

 

दुबै सवारी बुटवलबाट भैरहवा तर्फ जादै थिए ।  रुपन्देही सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ बर्षीय कंडेल ग्लोबल आवाज डट कमका सम्पादक थिए । ठक्कर दिने रेडिमिक्स (सिमेन्ट घोल्ने) सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

विगत ढेड दशकदेखि रुपन्देहीमा रहेर पत्रकारितामा आबद्ध कंडेल ग्लोबल आवाज डटकममा सम्पादकको समेत थिए ।

३५ बर्षिय कंडेलका एक श्रीमती ,(७ बर्षीय )एक छाेरा र १ छाेरी ( ७ महिना ) की छन् ।