मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक कर्मचारीको निधन, आयोगद्वारा शोक व्यक्त

३ मंसिर २०७९, शनिबार

 

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका, वडा नं. ४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका सर्लाही हरिपुरूवा–६ का बिल्टु रायको आज बिहान सुतिरहेको अवस्था    र धनकुटा जिल्ला साँघुरीगढी–३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साँघुरीगढी–४ की पवित्रा लिम्बूको मंसिर २ गते बिरामी परी उपचारका क्रममा निधन  भएको छ ।

निर्वाचन आयोगले दिवंगत कर्मचारीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्न नेपाल सरकार गृह मन्त्रालयमार्फत सम्बद्ध सबै निकायलाई हार्दिक आग्रह गरेको छ ।

Leave a Reply