यान्त्रिक उडान परीक्षण (क्यालिब्रेसन फ्लाइट) का लागि एरो थाइ पोखरामा 

३ मंसिर २०७९, शनिबार

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यान्त्रिक उडान परीक्षण (क्यालिब्रेसन फ्लाइट) का लागि एरो थाइ कम्पनीको जहाज शनिबार पोखरा आइपुगेको छ । पोखरा विमानस्थलमा राखिएको जहाजले सोमबारदेखि १२ गतेसम्म परीक्षण उडान गर्नेछ ।

उक्त यान्त्रिक विमानले बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट गर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए ।

‘भोलि आवश्यक परेको बेलामा सिग्नल दिन्छ कि दिँदैन भनेर अवस्था निक्र्यौल गर्ने हो, प्रमाणीकरण गर्ने हो’, उनले भने ।

विमानस्थलमा जोडिएका ग्राउन्डबेस नेभिगेसन यन्त्रहरु प्रयोग गर्न योग्य रहेको वा नरहेकोबारे परीक्षण गर्ने उनले सुनाए ।

Leave a Reply