काठमाडौं–४ मा  कांग्रेस महामन्त्री गगन थापा विजयी

६ मंसिर २०७९, मंगलवार

 

कास्की  ।   काठमाडौं–४ मा  नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । काठमाडौं–४ बाट   थापा   फराकिलो मतान्तरका साथ  नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै विजयी भएका हुन् ।भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे ।  गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्‍मेदवार १३ हजार ८५५ मात्र मत ल्याए ।

अहिले  थापा कांग्रेस महामन्त्री छन् ।

Leave a Reply