सप्तरी – २ मा चन्द्रकान्त ( सिके ) राउत विजयी

७ मंसिर २०७९, बुधबार

सप्तरी ।    सप्तरी दुईमा सिकेको शान्दार जीत ललिता साह ( सप्तरी ) मङ्सिर ७ गते । सप्तरी क्षेत्र नम्बर दुईमा जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त ( सिके ) राउतको शान्दार जीत भएको छ ।

आइतवार सम्पन्न निर्वाचनको सोमवारबाट शुरू गरिएको मतगणनाको अन्तिम परिणाम वुधवार सार्वजनिक गरिए अनुसार डाक्ट चन्द्रकान्त (सिके ) राउतले ३५ हजार ४२ मतका साथ आफ्नो जीत सुनिश्चित गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

सप्तरी निर्वाचनमा क्षेत्र नम्बर दुई को कुल ९५ हजार तीन सय ९४ मतदातामध्ये ६४ हजार दुई सय १९ मत खसेको मध्ये ६० हजार नौ सय २१ सदर मत थियो भन्ने तीन हजार दुई सय ९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी गराए ।

डाक्टर राउत यसअघि यसै क्षेत्रबाट प्रतिनिधि सभा विजय हुनुभएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लाई झण्डै १८ हजार ६३ मतको फराकिलो मतअन्तरले हराउदै आफ्नो शान्दार जीत हासिल गरेका हुन ।

१६ हजार नौ सय ७९ मतका साथ अध्यक्ष यादव दोस्रो स्थानमा सिमित रहनुभएको छ ।

त्यस्तै लोकतान्त्रिक वाम गठवन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेद्वार रहनुभएका जयप्रकाश ठाकुरले सात हजार तीन सय ४७ मत मात्रै प्राप्त गरेको देखिन्छ ।

यसअघि मंगलवार सप्तरी दुईको दुईटै प्रदेशसभा तर्फको जीत जनमत पार्टीका पोल्टामा आइसकेको छ । क्षेत्र नम्बर दुईको ‘ क ‘को मतगणना मंगलवार १२ वजे सम्पन्न भईरहँदा जनमतका सतिष कुमार सिंहले १६ हजार सात सय ३४ मतका साथ विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी र एमाले तालमेलमा चुनाव लडेका शैलेन्द्रप्रसाद साहले आठ हजार दुई सय ९२ मत ल्याउनु भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

दुईकै ‘ ख ‘ तर्फ जनमतकै महेश प्रसाद यादवले १३ हजार तीन सय २५ मत ल्याएर विजय प्राप्त गरेका हुन् ।उहाँको प्रतिद्वन्दी लोकतान्त्रिक वाम गठवन्धनबाट उम्मेद्वार रहनुभएका नेकपा माओवादीका उमेश कुमार यादवले सात हजार २३ मत प्राप्त गरेका छन् ।

 

तस्वीर : ललिता साह

Leave a Reply