रौतहट – १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित

८ मंसिर २०७९, बिहीबार

काठमाडौं । रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् ।

नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।

Leave a Reply