पाेखरा -३ का वडा अध्यक्ष उदासलाई मातृशाेक

१६ मंसिर २०७९, शुक्रबार

पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश उदासलाई मातृशाेक परेको छ।वडा अध्यक्ष उदासकी माता सन्तमाया उदासकाे ८४ बर्षकाे उमेरमा मंगलबार निधन भएको हाे।

केही दिन अघि श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौकाे मेडेसिटि अस्पतालमा उपचाररत उदासकाे उपचारकै क्रममा मंगलबार काठमाडौंमा निधन भएको हाे।

स्व.सन्तमायाका ३ छाेरा र २ छाेरी रहेका छन्।स्व. उदासकाे मंगलबार पाेखराकाे रामघाटमा दाहसंस्कार गरिएको पारिवारिक श्राेतले जानकारी दिएको छ।

 

Leave a Reply