वृद्धा महिलाहरूलाई ललाई फकाई पोखरा बजारको विभिन्न स्थानबाट सुनका गहना चोरेको आरोपमा   ३४ वर्षीया  महिला पक्राउ

१ पुष २०७९, शुक्रबार

 

पोखरा  । पोखरा बजारका विभिन्न स्थानबाट सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नं. ६ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनले पोखरा बजारका विभिन्न स्थानबाट वृद्धा महिलाहरुको घरमा परिवारका अन्य सदस्यहरु नभएको मौका पारी  ललाई फकाई सुनका गहना र नगद चोरेको प्रहरीको भनाइ छ ।

पीडित ९ जनाले अपरिचित एक महिलाले गहना चोरी गरेको उजुरी दिएपछि रामबजारबाट खटिएको प्रहरीको विशेष टोलीले श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो । उनको साथबाट सुनका गहना र नगदसमेत बरामद भएको छ ।

श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

 

Leave a Reply