शुक्लागण्डकी एफ.एम. को अध्यक्षमा ऋषेश्वर भुवाई

५ पुष २०७९, मंगलवार

 

दुलेगौंडा । तनहुँको दुलेगौंडामा रहेको तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जको अध्यक्षमा ऋषेश्वर भुवाई ‘ऋत’ु सर्वसम्मत निर्वाचित भएका छन् ।

 

रेडियोको शनिवार दुलेगौंडामा सम्पन्न सातौ वार्षिक साधारणसभा एवम् पाँचौ अधिवेशनले भुवाईको नेतृत्वमा ९ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । भुवाई यसअघि सचिव थिए । समितिको निवर्तमान अध्यक्षमा ज्योती श्रेष्ठ, उपाध्यक्षमा सरस्वती सिग्देल, सचिवमा शिव पौडेल, कोषाध्यक्षमा टिकाराम श्रेष्ठ र सहसचिवमा राजेन्द्र पौडेल चयन भए । सदस्यहरुमा शिव गर्तौला, विवेक वाग्ले, प्रविण श्रेष्ठ र विरेन्द्र कुमार श्रेष्ठ रहेका छत् । निर्वाचन समितिका संयोजक रघुनाथ पौडेल र सदस्यहरु राजन रिमाल र बुद्धि बहादुर थापाको निर्वाचन समितिले अधिवेशन सम्पन्न गरेको हो ।

नवनिर्वाचित अध्यक्ष भुवाईले रेडियोलाई थप उपचाईमा पु¥याउन आफ्नो कार्यकाल जिम्मेवारीपूर्वक लाग्ने प्रतिवद्धता जनाए । समितिका निवर्तमान अध्यक्ष ज्योती श्रेष्ठले कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । समितिको कार्यकाल २ वर्षको रहने छ ।

Leave a Reply