पाेखरा महानगरपालिका न्यायिक समितिकाे मेलमिलाप सम्बन्धी आधारभुत तालिम सम्पन्न

१४ पुष २०७९, बिहीबार

 

पाेखरा। पाेखरा महानगरपालिका न्यायिक समितिले आयोजना गरेको ८ दिने आधारभुत मेलमिलाप सम्वन्धी तालिम बिहिवार पाेखरामा सम्पन्न भएको छ।

तालिम समापन समारोहमा बाेल्दै  उच्च अदालत पाेखराका मुख्य न्यायाधीश डिल्लीराम आचर्यले  मेलमिलाप विवाद समाधानको उत्तम उपाय भएको बताउनुभयो । उहाँले मेलमिलापकर्ताले असर र पारर्दशी रुपमा काम गर्नुपर्नेमा जोड दिदै भन्नुभयो, ‘न्यायधिशले दिने न्याय प्रयोगात्मक हुन्छ । मेलमिलापकर्ताले दिने व्यवहारीक हुन्छ ।’ उहाँले डिग्रीको सिक्र्रीले नभई व्यवहार र अनुभवको आधारमा मेलमिलापकर्ताले व्यवहार गर्नुपर्छ भन्नुभयो ।

 

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले स्थानीय सरकारसंग हातेमालो गरेर विवाद समाधान गर्न मेलमिलापकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले विवादकाे दिगाे समाधान र विवादमा संलग्न पक्षलाई जीतकाे अनुभुति दिन मेलिलापकाे विकास भएको उल्लेख गर्दै मेलमिलाप गर्दा सामाजिक न्याय ,मानव अधिकार ,माैलिक हक र कानुनी अधिकारलाई ख्याल गर्नु पर्नेमा जाेड दिनुभयो ।

 

पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले       मेलमिलापको माध्यमवाट छिटाे,छरिताे तथा सरल प्रक्रियाबाट विवादकाे समाधान गर्न र विवाद समाधानकाे प्रकृयालाइ सहभागितात्मक ,कम खर्चिलो बनाई न्यायमा सर्वसाधारणको पहुँच वृद्धि गर्न मेलमिलापकर्ताकाे महत्त्वपूर्ण भुमिका रहने बताउनुभयाे।

उहाले पाेखरा महानगरका २८ वटा वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको जानकारी दिदै वाकी रहेका वडामा पनि छिट्टै मेलमिलाप केन्द्र स्थापना गरिने बताउनुभयो ।  उहाँले विवाद समाधानमा तालिमबाट सिकेको विषयवस्तुलाई व्यवहारीक रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा महानगर न्यायिक समिति सदस्यद्धय कालिदास पोखरेल र भावना श्रेष्ठले न्यायिक समितिको बारेमा बोल्नुभएको थियो ।

तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । आठ दिनसम्म सञ्चालन भएको तालिममा महानगरका ३३ वटा वडाका ७० जनाको सहभागीता रहेको थियो ।

वडा तहका विवादलाई समाधान गर्ने उद्देश्यले मेलमिलापकर्ताका लागि तालिम सञ्चालन गरिएको महानगरपालिका न्यायिक समितिका उजुरी प्रशासक नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।

 

पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तालिमका मुख्य प्रशिक्षक हरि पंडित,प्रशिक्षार्थीहरु रमा पाैडेल र महेन्द्र तिमिल्सिनाले बाेल्नुभएकाे थियाे।

तालिम प्राप्त मेलमिलापकर्ता नभएका र पाँच जना भन्दा कम भएका वडाबाट नाम माग गरेर तालिम सञ्चालन गरिएको हो ।

 

 

 

 

Leave a Reply