पाेखरा। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले शुक्रबार पाेखरामा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत तालिम कार्यक्रम आयोजना गरेको छ।
तालिममा बाेल्दै महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जनसंख्याका हिसाबले पुरुष भन्दा बढि तर अवसरका हिसाबले पछाडि पारिएका महिलाको सशक्तीकरण बिना समतामूलक समाज निर्माण गर्न नसकिने बताउनुभयो। उहाँले आर्थिक बर्ष २०७९/८०भित्र परिक्षणकाे रुपमा संचालन हुने यस कार्यक्रम ३० जिल्लामा संचालन गरिने जानकारी दिनुभयो ।
महिलाहरुकाे नेतृत्व बिकासका साथै आर्थिक रुपले सबल बनाउने उदेश्यले तालिमकाे आयोजना गरिएको उहाँको भनाइ थियाे।
कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले महिला हिंसा न्युनिकरणका लागि महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउने अभियानमा महालक्ष्मी इन्स्योरेन्स जुटिरहेको उल्लेख गर्दै पुस ४ गते चितवनको साैराहवाट सुरु गरिएको कार्यक्रम मार्फत ६० जना महिलालाई प्रतक्ष्य राेजगारी र ३ हजार भन्दा बढि लाई अप्रत्यक्ष राेजगारी दिने लक्ष्य कम्पनीले राखेको जानकारी दिनुभयाे।
महालक्ष्मी लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक अखिल धमलाले महिलाहरुले काम पाईन भनेर बस्नु भन्दा महालक्ष्मी लाईफमा जाेडिएर बिमा कार्यक्रम मार्फत आर्थिक सशक्तीकरणकाे बाटाेमा हिड्न आग्रह गर्नुभयो ।महिलाहरुलाई तालिम दिएर राेजगारी मार्फत आय आर्जनकाे बाटोमा अग्रसर गराउन महालक्ष्मी लाईफ इन्स्योरेन्स तयार रहेको उहाँको भनाइ थियाे।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनीले महालक्ष्मी लाईफ इन्स्योरेन्सले महिला सशक्तीकरणका क्षेत्रमा गरेका कार्यहरूकाे प्रशंसाा गर्दै कम्पनीले सामाजिक उत्तरदायित्वकाे सिद्धान्तलाई व्यवाहारमै कार्यन्वयन गरेको प्रति खुशी व्यक्त गर्नु भयाे।
महालक्ष्मी लाईफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर किरण भाट क्षेत्रीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन पाेखरा शाखामा कार्यरत धुर्व अधिकारिले गर्नु भएको थियाे।
कार्यक्रममा ५० जनाको सहभागीता रहेको थियाे।
यस अघि महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवासंग महालक्ष्मी कार्यक्रम संचालन गरेको थियाे।