पत्रकार अनिता घिमिरेलाई मातृशाेक

२० पुष २०७९, बुधबार
पाेखरा।पाेखराकी क्रियाशील पत्रकार अनिता घिमिरेलाई मातृशाेक परेको छ।उनकी ममतामयी माता देवकला घिमिरेकाे ८४ बर्षकाे उमेरमा उपचारकाे क्रममा मणिपाल शिक्षण अस्पतालमा निधन भएको हाे।दमबाट पीडित उनलाई शनिबार एक्कासि हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियाे।गतबर्ष प्यारालाइसिस भएपछि उनकाे पाेखरामै उपचार हुदै आएकाे थियाे
देवकलाका ५ भाइ छाेराहरु मध्ये दुई भाइ छाेराहरुकाे निधन भईसकेकाे छ।३ बहिनि छाेरीहरु मध्ये एक बहिनिको समेत निधन भईसकेकाे छ ।
स्व. देवकलाकाे पाल्पा ,गुल्मी र स्याङ्जाकाे संगम रिडीमा मंगलबार नै अन्त्येष्टी गरिने परिवारले जनाएको छ।

Leave a Reply