पाेखरा । नेपाल डेमोक्रेटिक लयर्स एशाेसिएसन कास्कीको साधारणसभा शनिबार पाेखराकाे पर्यटकीय स्थल मेथलाङमा सम्पन्न भएको छ।
साधारणसभाकाे उद्घाटन गर्दे नेपाल डेमोक्रेटिक लयर्स एशाेसिएसनका उपाध्यक्ष एवम् डि.एल.ए कास्कीका सल्लाहकार फणिन्द्र राज काेईरालाले लाेकतन्त्रकाे मेरुदण्ड कानुनको शासन भएकोले कानुन व्यवसायीहरु न्यापालिकाकाे स्वतन्त्रता र कानुनकाे शासनका पहरेदार र संरक्षक रहेको बताउनुभयो ।
सामाजिक रुपान्तरणका लागि कानुन व्यवसायीकाे महत्त्वपूर्ण भुमिका रहने उहाँको भनाइ थियाे।
नेपाल कानुन व्यवसायी परिषदका पार्षद सदस्य एवम् डि.एल.ए कास्कीका सल्लाहकार वरिष्ठ अधिवक्ता मुकुन्दराज अर्यालले कानुन व्यवसायीहरुले न्यायिक प्रणालीमा जनताको विश्वास जगाउने गरी काम गर्नुपर्नेमा जाेड दिनुभयो ।
नेपाल डेमोक्रेटिक लयर्स एशाेसिएसन कास्कीका अध्यक्ष कपिलमणी दाहालकाे अध्यक्षतामा भएको कार्यक्रममा बरिस्ठ अधिवक्ता जगन्नाथ ढकाल ,माधवराज वास्ताेला,नेपाल वार एशाेसिएसनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता बिरेन्द्र केसी, डिएलए कास्कीका पुर्व अध्यक्ष एवम् सल्लाहकार अधिवक्ता कृष्ण प्रसाद तिमिल्सिना ,डिएलए कास्कीका सल्लाहकार एवम् गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राेहितराज वास्ताेला,उच्च अदालत वार पाेखराका अध्यक्ष अधिवक्ता नारायण प्रसाद पाैडेल,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् कानुन बिभाग प्रमुख अधिवक्ता सरिता तिम्सिना पगेनी ,डिएलए कास्कीका निवर्तमान अध्यक्ष अधिवक्ता विष्णु शर्मा मरासिनी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे।
कार्यक्रममा सचिवकाे प्रतिवेदन नेपाल डेमोक्रेटिक लयर्स एशाेसियसन कास्कीका सचिव कृष्ण कुमारी गुरुङले प्रस्तुत गर्नुभएको थियाे भने काेषाध्यक्ष सन्ताेष मणी लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे।
कार्यक्रममा स्वागत उपाध्यक्ष कमल पाैडेलले गर्नुभएको थियाे भने कार्यक्रमकाे संचालन सचिव कृष्ण कुमारी गुरुङले गर्नुभएको थियाे।
डिएलए कास्कीमा ३०० जना साधारण सदस्य रहेको नेपाल डेमोक्रेटिक लयर्स एशाेसिएसन कास्कीका अध्यक्ष कपिलमणी दाहालले जानकारी दिनुभयो ।
साधारणसभा पछि रमाइलो बनभाेज कार्यक्रम समेत गरिएको थियाे।