पाेखरा ९ का सामाजिक क्षेत्रमा क्रियाशील महिलालाई उद्घाेषण तालिम

२७ माघ २०७९, शुक्रबार

 

 

पाेखरा।वडा स्तरीय महिला संजाल पाेखरा ९ ले आयोजना गरेको दुई दिने उद्घाेषण तालिम शुक्रबार पाेखरामा सम्पन्न भएको छ।तालिम समापन कार्यक्रममा वाेल्दै प्रमुख अतिथि पाेखरा महानगरपालिकाका न्यायिक समितिका सदस्य एवम् पाेखरा ९ का वडा सदस्य भावना श्रेष्ठले सामाजिक क्षेत्रमा क्रियाशील महिलाको नेतृत्व विकासका लागि उद्घाेषण कला तालिमले महत्त्वपूर्ण भुमिका खाेल्ने बताउनुभयो ।

उहाँले राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिताका लागि महिलाहरु स्वयं जागरुक बनेर आवाज उठाउनु पर्नेमा जाेड दिनुभयो ।

महिलालाई हरेक विषयमा सक्षम वनाउन आफू सधैं प्रतिवद्ध भएर लाग्ने उहाँको भनाइ थियाे।

पाेखरा -९ का सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरुकाे नेतृत्व विकास गर्ने उदेश्यले आयोजना गरिएको तालिमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् पाेखरा महानगरपालिकाका संचार विज्ञ सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनीले प्रमुख प्रशिक्षकका रुपमा सहजिकरण गर्नु भएको थियाे भने अधिबक्ता उपेन्द्र पाैडेलले उत्प्रेरणामुलक तालिम प्रदान गर्नुभएको थियाे।

 

पाेखरा महानगरपालिका सामाजिक विकास महाशाखाकाे सहयोगमा संचालित तालिममा ४० जनाको सहभागीता रहेको वडा स्तरीय महिला संजाल पाेखरा ९ का अध्यक्ष कमला केसीले जानकारी दिनुभयो ।

 

वडा स्तरीय महिला संजाल पाेखरा ९ का अध्यक्ष कमला केसीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् पाेखरा महानगरपालिकाका संचार विज्ञ सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनी ,वडा स्तरीय टाेल समन्वय समितिका अध्यक्ष उत्तम जाेशि,प्रशिक्षार्थीहरु रन्जिता अधिकारी ,सुनिता परियार ,सरमिला वास्ताेला लगायतले बाेल्नु भएको थियाे।

कार्यक्रम संचालन सचिव प्रभा सुवेदीले गर्नु भएको थियाे।

 

 

 

 

 

 

Leave a Reply