महाशिवरात्रिको अवसरमा फागुन ९ देखि पोखराको नदीपुरमा भलिवल प्रतियोगिता हुने

२ फाल्गुन २०७९, मंगलवार

पोखरा । फागुन ९ देखि पोखराको नदीपुरमा तीन वटा विधामा भलिवल प्रतियोगिता हुने भएको छ । स्थानिय पुन एकता क्लबको आयोजनामा आठौं संस्करणको नदिपुर भलिवल प्रतियोगिता अन्र्तगत पुरुष, महिला र ४० बर्ष माथि पौढ गरी तीन बिधामा उक्त प्रतियोगिता फागुन १३ गतेसम्म नदीपुरमा आयोजना हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

महाशिवरात्रि पर्बको अवसरमा समाजसेवी स्व.मेजर चन्द्रबहादुर पहरे पुनको स्मृतिमा भलिवल प्रतियोगिता आयोजना हुन लागेको क्लवका अध्यक्ष सुदिप पुर्जाले बताए । प्रतियोगितामा बिजेताले १ लाख ५ हजार, उपविजेताले ७० हजारको साथमा शिल्ड मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । त्यस्तै महिला तर्फ प्रथम हुनेले ५० हजार र दोस्रोले ३० हजार प्राप्त गर्ने भएको छ भने प्रौढ तर्फ प्रथम हुनेले ३० हजार दोस्रो हुनेले २० हजारको साथमा शिल्ड, मेडल र प्रमाण प्राप्त गर्ने भएको क्लवले जनाएको छ । प्रतियोगितामा महिला, पुरुष एक–एक जनालाई उत्कृष्ट खेलाडीको रुपमा घोषणा गरि बिशेष पुरस्कार समेत प्रदान गरिने छ । खेल कर्पाकेली समाज अगाडीकोको खेल मैदान नदिपुरमा हुनेछ । प्रतियागिता अन्र्तगत पुरुष तर्फ सातौं एनभिए, आठौं र नवौं राष्ट्रिय खेलकुदमा खेलेका ३ जना खेलाडीहरुसम्म समावेस गर्न पाइने भएको छ भने महिलाको हकमा एक जना मात्र समावेस गर्न पाउने व्यबस्था मिलाएको रेफ्रि संयोजक राम पुनले बताए । कर्पाकेली समाजका अध्यक्ष रनशिल गर्बुजाले विभादरहित र अशुसासित ढंगले उक्त खेल खेल्न आग्रह गरे । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले राष्ट्रिय खेल भलिवलको प्रबद्र्धन गर्न क्लवले तीन बिधामा गर्न लागेकोमा खुसि व्यक्त गर्दै खेलकुदको प्रचार प्रसार गर्न आफुहरु तयार भएको जनाए । क्लवले उद्घाटन सत्रमा बाहेक दोश्रो र तेश्रो दिनमा प्रबेश शुल्क ५० र अन्य दीनमा एक सय रुपैया शुल्क लिने तयारी गरेको छ ।

Leave a Reply