पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ सुरू भएको छ । पोखरा रंगशालामा आइतबार प्रतियोगिताको महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
मंगलबारसम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले खेलकुद मानव जीवनका लागि निकै आवश्यक भएको बताए । उनले प्रतियोगितामार्फत छनोट हुनेले जिल्ला हुँदै राष्ट्रिय स्तरसम्म आफ्नो स्थान सुरक्षित बनाउने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र–छात्राका खेल सञ्चालन हुने छन् । भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु छात्र–छात्रा विधामा प्रतिस्पर्धा हुने खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए । छात्र–छात्राको हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभ्लिङ थ्रो ६०० ग्राम र सटफुट ८ पाउण्डअन्तर्गतका खेल पनि हुने छन् ।
दौड १५ सय मिटरमा सैनिक आवसीय महाविद्यालयका प्रवेश आचार्य प्रथम, छोरेपाटन माविका तेन्जिङ रोका द्वितीय र श्रीकृष्ण माविका विवश क्षेत्री तृतीय भए । महिला ८ सय मिटरमा टप्स बोर्डिङकी सबिना खातुन प्रथम, छोरेपाटन माविकी आरती सुवेदी द्वितीय सैनिक आवसीय महाविद्यालयकी श्रेया वाग्ले तृतीय भएका छन् ।
हाइजम्प पुरूषमा कास्की मोडर्ननाइज्डका मनिष केसी प्रथम, लिटिल फ्लावर कुश पोखरेल द्वितीय र त्रिवेणी पब्लिकका प्रशान्त गिरी तृतीय भए । महिला हाइजम्पतर्फ टप्स माविकी सबिना खातुन प्रथम, अन्नपूर्ण माविकी विष्णु खनाल द्वितीय, विन्ध्यावासिनी माविकी प्रिती खनाल तृतीय भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा देखाइएको मार्च पासमा सैनिक आवसीय महाविद्यालय प्रथम भएको छ । हार्बड एकेडेमी द्वितीय र ढुंगेसाँघु बोर्डिङ तृतीय भए । मार्च पासमा पोखराका २९ वटा विद्यालय सहभागी थिए । यो प्रतियोगितामा पोखराका करिब ३० वटा विद्यालयका १ हजार ६ सय जनाभन्दा बढी खेलाडी सहभागी छन् ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.