छाेराकाे जन्म दिनकाे अबसरमा समाजसेवी प्रभा सुवेदीले गरिन महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिमको आयोजना

१५ फाल्गुन २०७९, सोमबार

पाेखरा। लायन्स क्लब अफ पाेखरा ग्रिनका अध्यक्ष समाजसेवी प्रभा सुबेदीले जेठा  छाेरा अपार राज   सुबेदीकाे जन्म दिनको अवसरमा सोमबार पाेखरामा महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिमको आयोजना गर्नु भएको छ।

जय मुल आमा समुह पाेखरा महानगरपालिका वडा नम्बर २ को सहकार्यमा तालिम भएको हाे।

तालिमको उद्घाटन गर्दै पाेखरा महानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिवसमान प्रधानाङ्गले छाेराकाे जन्म दिनको अवसरमा समाजसेवी प्रभा सुवेदीले ज्ञानको ज्याेती छर्ने काम गरेकोमा खुषि ब्यक्त गर्दै जन्म दिन मनाउने यस्तो शैली अनुकरणीय रहेको बताउनुभयो ।

हरेक सफल पुरुषकाे पछाडि महिलाको महत्त्वपूर्ण भुमिका रहने उल्लेख गर्दै वडा अध्यक्ष प्रधानाङ्गले सफल समाज बनाउनका लागि महिलालाई सम्मान गर्ने संस्कृतिको बिकास गर्नुपर्नेमा जाेड दिनुभयो ।

देशका ठुला परिवर्तन महिलाकाे सहभागीताले नै सम्भब भएको बताउदै उहाँले राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागीता आबश्यक रहेको बताउनुभयो ।

लायन्स क्लब अफ पाेखरा ग्रिनका अध्यक्ष लायन प्रभा सुबेदीले जन्म दिन मनाउने बाहानामा धेरै फजुल खर्च गर्नु भन्दा समाजलाई सभ्य बनाउन याेगदान पुग्ने खालका तालिमहरु संचालन गर्नुपर्नेमा जाेड दिनुभयो ।

आफ्ना सन्तानको जन्म दिनका अवसरमा उहाँले यस अघि पनि न्यानो कपडा वितरण ,स्टेसनरी वितरण लगायत थ्रुपै सामाजिक कार्यहरू गर्दै आउनुभएकाे छ।

उहाँका जेठा छाेरा अपार राज सुवेदी र बुहारी अन्जु सुवेदी साथै कान्छा छाेरा आशिष सुवेदी र बुहारी सदिक्षा सुवेदी हाल अष्ट्रेलियामा हुनुहुन्छ ।

पाेखरा -२ का वडा सदस्य गाेमा सुबेदीले महिलाको क्षमता अभिबृद्दिका लागि वडा कार्यलय मार्फत पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिने बताउनुभयो ।महिलाको अधिकार प्राप्तिका लागि सम्पुर्ण महिला एकजुट भएर आवाज उठाउनु पर्ने उहाँको भनाइ थियाे।

तालिमका प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनीले लैङ्गिक समतामूलक समाज निर्माणमा स्थानिय निकायका जनप्रतिनिधिहरुकाे महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।

लायन्स क्लब अफ पाेखरा ग्रिनका अध्यक्ष प्रभा सुबेदीकाे अध्यक्षतामा भएको कार्यक्रममा जय मुल आमा समुहका अध्यक्ष बिमला देवी भण्डारी ,दिदिबहिनी समुहका अध्यक्ष ईन्दिरा अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियाे।

कार्यक्रममा लायन्स क्लब अफ पाेखरा ग्रिनका  प्रथम उपाध्यक्ष डिल्लीराम भट्टराईले स्वागत मन्तब्य राख्नुभएको थियाे भने कार्यक्रमकाे संचालन सचिव बिनिता अधिकारीले गर्नुभएको थियाे।

 

Leave a Reply