रुपा गाउँपालिकामा गाउँसभा सदस्यहरुका लागि उद्घाेषण तालिम सुरु

१७ फाल्गुन २०७९, बुधबार

 

 

कास्की ।कास्कीको रुपा गाउँपालिकामा गाउँसभा सदस्यहरुकाे लागि उद्घाेषण तालिम बुधबार देखि सुरु भएको छ।तालिमको उद्घाटन गर्दै रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जनप्रतिनिधिहरुका लागि उद्घाेषण तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो ।

भाषणलाई राम्रो बनाउन निरन्तर अध्ययन र अभ्यासको आबश्यकता पर्ने बताउदै उहाँले भाषण गर्दा आधारभुत भाषणकलाकाे ज्ञानलाई ध्यान दिनुपर्नेमा जाेड दिनुभयो ।

कार्यक्रममा बाेल्दै रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले गाउँसभा सदस्यहरुकाे नेतृत्व विकास गर्ने उदेश्यले तालिमकाे आयोजना गरिएको बताउनुभयो ।

तीन दिन सम्म संचालन हुने तालिमकाे मुख्य प्रशिक्षकका रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनी रहनुभएकाे छ।

रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङकाे अध्यक्षतामा भएको कार्यक्रममा सन्दिप पाैडेलले स्वागत मन्तब्य राख्नुभएको थियोे भने कार्यक्रमकाे संचालन बृहस्पति अधिकारीले गर्नु भएको थियो ।

तालिममा रुपा गाउँपालिकाका ७ वटा वडाका वडा अध्यक्ष र वडा सदस्यहरुकाे सहभागीता रहेको छ।

 

 

Leave a Reply