रुपा गाउँपालिकामा गाउँसभा सदस्यहरुका लागि आयोजित उद्घाेषण तालिम सम्पन्न

१९ फाल्गुन २०७९, शुक्रबार

 

कास्की ।कास्कीको रुपा गाउँपालिकामा गाउँसभा सदस्यहरुकाे लागि आयोजित उद्घाेषण तालिम शुक्रबार सम्पन्न भएको छ।  तालिम समापन समारोहमा बाेल्दै  रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जनप्रतिनिधिहरुका लागि उद्घाेषण तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो ।

भाषणलाई राम्रो बनाउन निरन्तर अध्ययन र अभ्यासको आबश्यकता पर्ने बताउदै उहाँले भाषण गर्दा आधारभुत भाषणकलाकाे ज्ञानलाई ध्यान दिनुपर्नेमा जाेड दिनुभयो ।

कार्यक्रममा बाेल्दै रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले गाउँसभा सदस्यहरुकाे नेतृत्व विकास गर्ने उदेश्यले तालिमकाे आयोजना गरिएको बताउनुभयो ।

तीन दिन सम्म संचालन भएकाे तालिमकाे मुख्य प्रशिक्षकका रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनी रहनुभएकाे भएको थियाे भने पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य सुस्मा पाैडेल र पत्रकार महासंघ कास्कीका पुर्ब अध्यक्ष दिपेन्द्र श्रेष्ठले पनि तालिमलाई सहजिकरण गर्नुभएको थियाे।

तालिममा रुपा गाउँपालिकाका ७ वटा वडाका वडा अध्यक्ष र वडा सदस्यहरुकाे सहभागीता रहेको थियाे।

 

 

 

 

 

 

 

 

 

Leave a Reply